कालिकोट । दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा हिजो नेपाल भ्रमणमा आएका थानीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर विदाई गरेका हुन् । राजा अमिरको बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि विमानस्थल पुगेका बताइएको छ । दुइ दिन सम्म नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । थानीकोे नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच ८ बुँदे सहमझदारी र सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।