कालिकोट । जिल्लाको महावै गाउँपालिका–१ कतमपुरका शिक्षक टोप बहादुर शाहीले आफ्नो छोरालाई सरकारी विद्यालयमा भर्ना गरेका छन् । यस अघि बिरेन्द्रनगर नगरपालिका–२ आफ्नै निवासमा बसोवास गर्दै नजिकैको निजि विद्यालयमा पठन पाठन गर्दै आएका छोरालाई दुर्गम ठाउँमा ल्याएर बुधवार बिद्यालय व्यवस्थापन समितिकी कार्यबहाक अध्यक्ष विव्यस सदस्य हरी शाही को रोहबरमा छोरालाई शिक्षक शाहीले आफु कार्यरत सरकारी विद्यालय भर्ना गराई अरुलाई पनि सन्देश दिन खोजेको बताए । उनले श्री जगनाथ आधारभूत बिद्यालयमा छोरालाई कक्षा ७ मा भर्ना गरेका हुन् । उनि माओवादी सम्बद्ध एकिकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश समिति सचिब समेत रहेका छन् । महावै गाउँपालिकाले यस अघिनै सरकारी कर्मचारी, जनप्रतिनिधि शिक्षक तथा शिक्षिकाका छोरा छोरीलाई अनिवार्य सामुदायीक विद्यालयमा पठन पाठन गराउनु पर्ने निर्णय गरेको थियो । उक्त निणर्यलाई कार्यान्वयन गर्दै आफुले पनि निजी बिद्यालय मा पढाउन छुटाएर सरकारी सामुदायीक विद्यालयमै पढाउन थालेको उनि बताउछन्। ‘जब सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई समेत सरकारी विद्यालयमै पढाउन थाल्छन्, तब सामुदायिक विद्यालयको गुणस्तर बढ्छ,’ शिक्षक शाहीले भने, ‘नत्र भने आफ्ना छोराछोरी निजीमा पढाएर उल्टै सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न खडा गर्ने प्रवृत्ति अन्त्य नहुने उनको भनाइ रहेको छ ।’ एकीकृत अखिल नेपाल शिक्षक संगठनले २०६५ सालमै यस विषयलाई पारित गरिसकेको कुरा उनि बताउछन् । त्यसपछिका विभन्न बैठक र सम्मेलनहरुमा समेत संगठनले यस मुद्दालाई जोडतोडका साथ उठाउँदै आएको उनले जानकारी दिएका छन् ।