१५० जनाको भ्रमण टोली सहित अमिर काठमाडौंमा अवतरण

कालिकोट । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी मंगलबार दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सँग सँगै डेढ सयभन्दा बढीको भ्रमण दल पनि नेपाल आएको हो । राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सोही विशेष प्रतिनिधि मण्डल साथमा रहने छ ।

error: Content is protected !!