गाजाको एक अस्पतालमा दुई सयभन्दा बढी शव फेला

 

कालिकोट । गाजाको खान युनिसको नासेर अस्पतालबाट अहिलेसम्म दुई सय जनाको शव फेला परेको छ । गाजामा विद्रोही समूह हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीका अनुसार यी शवहरू सामूहिक चिहानमा गाडिएको अवस्थामा शव फेला परेका हुन् । शवहरूलाई अस्पताल छेउ गाडेको पाइएको बीबीसीले जनाएको छ ।यो अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो । इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिको हत्या भएको हमासले दावी गरेको छ । इजरायलले अस्पतालमा शव फेला परेको विषयमा थप अनुसन्धान गरिरहेको खबरमा उल्लेख गरिएको छ ।

 

error: Content is protected !!