संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कर्णालीमा संस्कृतिको उत्सव हुने

 

कालिकोट । संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कर्णाली प्रदेशमा संस्कृतिको उत्सव हुने भएको छ । ‘खस भूमिमा लेखन र पठन संस्कृति’को विकासका साथै कर्णालीको पहिचानमा सकारात्मक सन्देश पुगाउन पहिलो पटक प्रदेश राजधानी वीरेन्द्रनगरमा उक्त उत्सव सञ्चालन हुन लागेको हो ।कार्यक्रमको आयोजक संस्था कर्णाली रिडर्स सोसाइटीले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको छ । कर्णालीको भाषा, साहित्य तथा संस्कृतिको विकास गर्ने उद्देश्यसहित उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा लेखक डा। नवराज केसीले बताएका छन्।उत्सवमा कर्णालीको इतिहासका बहुआयामिक क्षेत्रको विषयमा लेखन, प्रकाशन, विमर्श र पठन संस्कृतिको विकासका लागि सकारात्मक वातावरण तयार गर्न बहस गरिने भएको छ । उत्सवमा देशभरका साहित्यकार, कवि, विद्धान लेखकहरूको उपस्थिति रहने छ ।

error: Content is protected !!