आज बिहान मन्त्रिपरिषद्को बैठक बस्दै

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। बैठक सोमवार बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ। आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाएको छ। नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस भएका छन्। यस्तै दुई एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। सचिवालयले जनाएको छ। यस्तै आजकै बैठकमा बजेट अधिवेशन आह्वानको सिफारिस हुन सक्ने पनि बताएको छ ।