नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी

कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी समेत गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई गएको माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ ।