एसीसी प्रिमियर कप नेपाल हङकङसँग ४ विकेटले पराजित

कालिकोट । नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ । नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमाएको छ । हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । १४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे । बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए । नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यसअघि ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउण्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले तीव्र गतिका बलर अजिज खानलाई समान दुई चौका र छक्कासहित कुल २० रन जोडेका थिए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल ०, आसिफ शेख ५, सोमपाल कामी १२, रोहित पौडेल २१, सन्दीप जोरा २२, कुशल मल्ल १३, गुलशन झा ६ र करण केसीले ३ रनमा आउट भए ।

error: Content is protected !!