कालिकोट । चोभारमा लागेको डढेलो निभाउन जाँदा जुद्ध वरुण यन्त्रको एक दमकल दुर्घटना भएको छ । आज विहान करीव १२ः०० बजेतिर चोभारको चापडाँडा भन्ने ठाउँमा लागेको आगो निभाउन गएको दमकल १ बजेर १० मिनेटमा दुर्घटना भएको बताइएको छ । उक्त दमकलमा सवार ७ जना कर्मचारीमध्ये ६ जना घाइते भएका र १ जना सकुशल रहेको जानकारी प्राप्त भएको छ ।