त्रिविका क्याम्पसहरुमा तालाबन्दी

कालिकोट । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा तालाबन्दी गरिएको छ । लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस र पाटनस्थित पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।अमृतमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले चैत ३० गतेदेखि तालाबन्दी गरेको  छ । पाटन संयुक्तमा भने नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले चैत ५ गतेदेखि तालाबन्दी गरेका छन् । दुवै क्याम्पसको ताला अहिलेसम्म पनि खुल्न सकेको छैन ।क्याम्पसहरूमा लगाइएको तालाबन्दी नखुल्दा स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरू परीक्षा फारम भर्नबाट वञ्चित भएका छन् । वैशाख १६ गतेदेखि स्नातक तह दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदैछ । तर, लामो समयदेखिको तालाबन्दीका कारण विद्यार्थीहरूले परीक्षा फारम भर्न पाएका छैनन् । जसले गर्दा उनीहरू परीक्षा दिनबाट वञ्चित हुन देखिएको छ ।

 

error: Content is protected !!