कालिकोट । धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।काठमाडौंको कोटेश्वरबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका–९ स्थित मूलघाट(रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको बताईएको छ। माइक्रोबस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिएका छन्।घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित घोपा अस्पतालमा भइरहेको छ।