नुहाउन भनेर कर्णाली नदिमा गएका दुई बालिका बेपत्ता

कालिकोट । बाजुरामा नुहाउन भनेर नदिमा जाने क्रममा बगेर दुई बालिका बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका–२ बस्केना गाउँका नन्दबहादुर शाहकी १५ वर्षीया छोरी सोबिना शाह र सोही ठाउँ बस्ने भुपेन्द्र शाहकी १३ बर्षिया छोरी सन्जु कुमारी शाही रहेकी छन्। हिजो दिउँसो बस्केना गाउँ नजिकै रहेको नुने पानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा दुवै जना बालिका बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता बालिकाको अहीले समम प्रहरी टोली द्वारा खोजतलास कार्य जारी रहेपनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सुचना अधिकारी दानसिंह भण्डारीले बताए । सुचना अधिकारी भण्डारीका अनुसार बेपत्ता दुई बालिका सहितपाँच जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकाको सकुशल उद्धार गरिएको जानकारी दिएका छन ।

error: Content is protected !!