सगरमाथा आरोहणका लागि नयाँ बाटो सञ्चालन

कालिकोट । सगरमाथा आरोहणका लागि अब यो वसन्तमा नयाँ बाटो सञ्चालनमा ल्याइएको बताईएको छ।सगरमाथा आरोहणका लागि बाटो बनाउन गएका आठ अनुभवी ‘आइसफल डाक्टर’ (हिमालमा बाटो बनाउने व्यक्ति) शेर्पाले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो तयार पारेका छन् ।सन् २०१३ देखि सन् २०१४ सम्म प्रयोग भएको बाटोमा हिउँको अवस्था अस्थिर देखिएकाले नयाँ बाटो निर्माण गरेको उनले बताएका छन्।उनका अनुसार सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाट चैत १ गते आधार शिविरमा क्षमापूजा गरी हिउँ कुल्चिएर अघि बढेका आठ जना अनुभवी शेर्पाको समूह दोस्रो शिविरसम्मको बाटो तयार पारेर आधार शिविर फर्किएका छन्।दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा यो पटक पर्वतारोहण सञ्चालक संघका तर्फबाट ‘सेभेन समिट ट्रेक्स’ ले पाएको छ । सेभेन समिट ट्रेक्सका देण्डी शेर्पाको नेतृत्वको १० जना आइसफल डाक्टरको टोली दोस्रो आधार शिविरदेखि चुचुरोसम्मको बाटो बनाउने तयारीमा लागेको गुरुङले जानकारी दिए।

error: Content is protected !!