दाङमा आगलागीमा परि एकजना वृद्धको मृत्यु

कालिकोट । दाङको लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनावृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा लमही नगरपालिका(९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटे रहेका छन्। बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोमा परेर मृत्यु भएको बताईएको छ । ​आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन्। घर भित्र रहेको कुनै सामान निकाल्न नपाएको पिडितहरुले बताएका छन्।मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर हुँदै भतिजा पर्ने हुकुमबहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिएका छन्।

 

error: Content is protected !!