पोखरामा जीप दुर्घटना हुदा ८ जना घाइते

कालिकोट । पोखराको राष्ट्रबैंक चोकमा जीप दुर्घटना हुद ८ जना घाइते भएका छन् । ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो एक आपसमा ठोक्किएका हुन् । घाइतेहरू सबै चिनियाँ नागरिक रहेको बताईएको छ । हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।