बालबालिकालाई भिटामिन ए र जुकाको औषिध खुवाइँदै

कालिकोट । पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए। । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ३२ लाख र जुकाको औषधी २९ लाख बालबालिकालाई खुवाउने लक्ष्य रहेको छ ।

error: Content is protected !!