कालिकोट । नेकपा एमाले बाँकेको कोहलपुर नगरपालिका–३ नं वडा कमिटिले खानेपानीको चर्को शुल्क अशुलीका विरूद्द ज्ञापन पत्र बुझाएको छ । पुर्ण रुपमा पानि खान योग्य नहुदै सामान्य शुल्क लिएर पानि प्रदान गर्नु पर्ने बेलामा अत्याधक शुल्क अशुली गरेको भन्दै वडा कमिटिले ज्ञापन पत्र बुझाएको हो । रझेना खानेपानी आयोजनाको पाइप लाईन विस्तारको काम समेत मनोमानी ढंगबाट गरीएको वडा कमिटि अध्यक्ष गोकर्ण महताराले बताएका छन् । सामान्य परिवारका मानिषहरुको वसोवास भएको वडाहरुमा उक्त खानेपानी आयोजना संचालनमा रहेको र आजको मितिले १५ दिन भित्र न्युनतम शुल्क निर्धारण गरी उपभोक्ताको पक्षमा निर्णय गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।