कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा कृषि संकलन केन्द्रको सिलान्यास गरीएको छ । कृषकले उत्पादन गरेको कृषि उपज संकलन गरि बिक्रि बितरण गर्ने उदेश्यले मंगलवार नगर प्रमुख धर्मराज शाही द्वारा कृषि संकलन केन्द्रको शिलान्यास गरिएको हो । संघिय सरकारको अनुदानमा बन्न लागेको सो प्रशोधन केन्द्र रास्कोटको आर.सि.पि बजार नजिकमा बन्ने भएको छ । नगर प्रमुख शाहीेका अनुसार कृषकले उत्पादन गरेको कृषि सामाग्री प्रवद्र्धन तथा फलफुल प्रशोधन केन्द्रमा संकलन गरि त्यसको बजारिकरण समेत अब रास्कोट सरकारले गर्ने समेत बताउनु भएको छ । उक्त सिलान्यास कार्यक्रममा रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पोषण),स्वास्थ्य शाखा प्रमुख तथा निमीत्त प्रमुख प्रशासकीय अधिकृत जनकराज न्यौपाने, कृषि शाखा प्रमुख धरेन्द्रराज न्यौपाने, पशु शाखा, ना.प.स्वा.प्रा कुलराज न्यौपाने ,स्वास्थ्य शाखा सिनियर अहेव धन बहादुर फडेरा, नगर प्रहरी हल्दार धन बहादुर शाही, नगर प्रमुख को सचिवालय गौरि परियार, पत्रकार टिकाराज उपाध्याय रास्कोट नगरपालिका अगुवा कृषकहरु, संन्देस निर्माण सेवा रास्कोट–४ का प्रोप्राइटर, दल बहादुर शाही लगाएतको उपस्थित मा कृषि प्रशोधन केन्द्र को शिलान्यास गरिएको छ । कृषि प्रशोधन केन्द्र निर्माणको काम संन्देस निर्माण सेवा रास्कोटले पाएको बताइएको छ ।