कालिकोट । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिने भएका छन्। त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ। गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल आएसँगै चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो। त्यसपछि नेकपा (एमाले) सरकारमा सहभागी भएको थियो। कांग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिन लागेका हुन्। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।