सुप्रिम सहकारीको २ करोड रवि लामीछानेको नाममा

कालिकोट । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । सो रकम मध्ये २ करोड रुपैयाँ प्रक्रिया नै पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको खुलेको छ । गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु (जिबि)राई र छविलाल जोशी शेयर सदस्य रहेका थिए । टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा रवि लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । गितेन्द्रबाबु र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगञ्ज लगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको छ । बुटवलको सुप्रिम सहकारीको मात्र १४ करोड २९ लाख ३६ हजार रुपैयाँ टीभीमा लगानी भएको प्रहरी अनुसन्धानले देखाएको छ । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार सहकारी ठगीको मुद्दा दायर गरेको छ । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ । जसमध्ये अधिकांश रकम गितेन्द्रबाबु र उनको समूहले सञ्चालन गरेको कम्पनीहरुमा गैरकानुनी रुपमा लगानी गरिएको छ ।

error: Content is protected !!