कालिकोट । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ शुरु गरेको छ । सभ्य सडक संस्कारका माध्यमबाट गाडी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सचेतना विशेष अभियान सुरु गरिएको हो ।अभियानको शुभारम्भ गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष ‘अपरेशन’ सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । गृहमन्त्री लामिछानेले नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताउनुभयो । ट्राफिक नियम पालनामा लापर्बाही भइरहेको सन्दर्भ जोड्दै उहाँले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।