कालिकोट । जातीय आधारमा विभेद गरेको अभियोगमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् ।जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिनुभएको थियो । त्यही जाहेरीका आधारमा पूर्वउपाध्यक्ष गिरीलाई बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।गएको चैत १८ गते भएको नेकपा एमाले हल्दीबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका आरोप छ ।