आफ्नो मुक्तिका लागी महीलाले बिथोल डाँडामा हतियार खोसे, नेता बलमान सी

कालिकोट । नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी पश्चिम कालिकोटको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाको रास्कोट नगर पालिका–६ सान्तिघाटमा आइतवार सम्पन्न दोस्रो सम्मेलनबाट प्रमिता सी को अध्यक्षतामा २९ सदस्यीय नयाँ नेतित्व चयन गरेको छ । जसमा अध्यक्ष प्रमिता सी, उपाध्यक्ष रंगिता सी, सचिव सुर्जा सी,सहसचिव पदमा सी ,सहसचिव चैनपुरा सी, कोषाध्यक्ष आइती सी लगाएतका सदस्यहरु रहेका छन् । नयाँ निर्वाचित कमिटी लाई बदाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अथिति, नेकपाका केन्द्रीय सदस्य कालिकोट जिल्ला इन्चार्ज बलमान सी ले महिला अधिकारका निमित्त महिला स्वतन्त्रता अनिवार्य भएको बताए । उनले फरक प्रसंगमा मुक्तिका लागि महान जनयुद्धको क्रममा महीलाले २०५६ साल चैत २६ गते माल्कोट को बिथोल डाँडामा हतियार खोसेको स्मरण गराएका थिए । । नेता सी ले नेपाल मा संघिय लोकतान्त्रिक गणतन्त्र ले ल्याएकोे समावेशी र महिलाको लागि अनिवार्य अधिकार सुनिश्चित गरेको स्थानिय तहको उप प्रमुख लगाइएतका अधिकार पुरूष द्धारा खोसीएकोे आरोप लगाए । उनले नेपाली बिशेषता को समाजबादले मात्र पुर्ण अधिकार सुनिश्चित गर्ने कुरा स्मरण गराउदै पुन एक पटक समाजबाद प्राप्तीका लागी सबैले अन्तीम लडाइ लड्नु पर्ने बताए । उक्त कार्यक्रममा प्रश्चिम कालिकोट जिल्ला सेक्रेटरी साहा सी, नेकपा कालिकोट जिल्ला सचिवालय सदस्य रास्कोट नगर कमिटी सचिव निर्देशन सी लगाएतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको सचिवालय सदस्य अनरूप सीले जानकारी दिएका छन्।

error: Content is protected !!