प्रवाश नेपाली जनसमाज ब्याङलोर द्धारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

कालिकोट । नयाँ बर्षको अवसरमा प्रवाश नेपाली जनसमाज कर्नाटक राज्य समिति ब्याङलोर द्धारा केक काटेर नयाँ वर्षलाई स्वागत गरीएको छ । शनिवार समितिका इन्चार्ज जग्मल सुनार, अध्यक्ष बहादुर सिंह बिश्वकर्माले केक काटेर एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष लाई स्वागत गदै शुभकामना आदान प्रदान समेत गरीएको बताइएको छ । कार्यक्रममा समितिका सदस्यहरुका साथै कर्नाटक राज्य स्थित सम्पूर्ण प्रवाशि आमा बुवा दाजुभाइ तथा दिदिबहिनीहरुको समेत उपस्थिति रहेको समितिका महासचिव मनिष सुनारले बताएका छन् । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाएका छन् । नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।

नयाँ वर्षबाट सफलता प्राप्त गर्न, नयाँ योजना निर्माण एवम् संकल्प गर्ने परम्परा समेत रहेको र त्यसलाई आत्मसाथ गर्दै कार्यक्रम आयोजना गरीएको महासचिव सुनारले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष बहादुर सिंह बिश्वकर्माले नयाँ वर्षको सुरुवातसँगै सम्पूर्ण नेपालीहरूमा नयाँ जोश नयाँ उमङ्ग नयाँ उत्साह नयाँ हौसला प्रदान भएको बताए । लक्ष्यलाई प्राप्त गर्न सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्ष २०८१ सवै नागरीकको उपलब्धि र ऐतिहासिक वर्षका रूपमा स्थापित हुने हामी सबैले अपेक्षा लिएका छौं उनले भने । उक्त समिति २०८० भाद्र १० गते गठन गरीएको थियो भने पछील्लो समय यसले थुप्रै समाज सेवाका कामहरु गर्दै आईरहेको छ ।

error: Content is protected !!