कालिकोट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालकको मृत्यु भएको छ ।गत बिहीबार आगलागी घटनामा परेका तीनै बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसीप्रसाद दाहालले जानकारी दिएका छन्। आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताएका छन्।प्रजिअ दाहालका अनुसार उपचारका क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा शनिबार निधन भएको हो। आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो।