कालिकोट । काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम रहेको निषेधित क्षेत्र आज बाट हटाइएको छ।गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा आजदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।यसअघि काठमाडौंका विभिन्न ठाउँमा २ महिनासम्मका लागि भन्दै भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो।२ महिनासम्मका लागि ५ जना बढी भेला व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्नेगरी काठमाडौंका विभिन्न ठाउँलाई तोकेर निषेध जारी गरिएको थियो ।