नेकपा एमालेको दोस्रो वडा अधिवेसन सम्पन्न,अध्यक्षमा महतारा चयन ।

कालिकोट । नेकपा एमाले बाँकेको कोहलपुर नगरपालिका–३ को दोस्रो वडा अधिवेसन सम्पन्न भएको छ । गएको चैत्र २८ गतेका लागी तोकीएको अधिवेसन सर्वसम्मतीमा नेतित्व चयन हुन नसक्दा आज सम्म लम्बीएको थियो । आज भने गोकर्ण महताराको अध्यक्षतामा २९ सदस्यीय  वडा कमिटि सर्व सम्मतीमा नेतित्व चयन भएको हो । जसमा अध्यक्षमा गोकर्ण महतारा, उपाध्यक्ष राम पदारथ थारु,सचिव मान बहादुर बुढा, उप सचिव चेत नारायण भुसाल, महीला उप सचिवमा खुमा चन्द लगाएतका सदस्यहरु रहेका छन् । अधिवेसन सम्पन्न प्रस्ताव वडा कमिटिको पहिलो बैठेक भोली दिउसो  ३ः०० वजे वस्ने गरी सम्पन्न भएको  सचिव बुढाले  जानकारी दिएका छन् ।

 

error: Content is protected !!