जिल्ला प्रहरी कार्यालय कालिकोटद्धारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डि.एस.पी अर्जुन केसीले शुक्रवार कार्यालयमा पत्रकार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छन् । नयाँ वर्षको अवसर पारेर जिल्ला स्थित सम्पूूर्ण पत्रकार तथा सञ्चारकर्मीसँग भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएकोे हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी इंस्पेक्टर पोषण थापा,पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, पत्रकार, सुरक्षा कर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लामा भएका विभीन्न गतिविधि , समस्या र समसामयिक विषय बारे पत्रकारसँग छलफल भएको थियो । प्रहरी प्रमुख केसीले जिल्लामा बढी रहेको साइवर अपराध, लागुऔषध, आगलागीका घटना, वालविवाह, दु्रर्त गतीका कारण हुने सवारी दुर्घटना लगाएतका घटना पछिल्लो समय बढ्दै गएको र आगामी दिन यसलाई न्युनिकरण गर्न सवै लाग्नु पर्नेमा जोड दिएका छन् ।

उनले यो वर्ष आगलागी न्युनिकरण सम्बन्धि ६५ वटा जनचेतना मुलक कार्यक्रम संचालन गरीएको र त्यसबाट २ हजार ३० जना नागरीक प्रत्यक्ष रुपमा लाभान्वित भएका जानकारी दिएका छन् ।

error: Content is protected !!