कालिकोट । सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ।चैते धान रोप्नका लागि ब्रह्मपुरी गाउँपालिका–२, का सत्यनारायण साहको खेत जोतिरहेका बेला ज १ त ४३१४ नम्बरको ट्याक्टरका चालक सोही ठाउँका २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो।पानी पठाइरहेको मोटरको तारमा ट्याक्टरले छुँदा करेन्ट प्रवाह भई चालक पासवान गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको बताईएको छ