कालिकोट । ओमानमा आजदेखि एसिसी प्रिमियर कप सुरु हुने भएको छ।साविक विजेता नेपाली टिमलाई उपाधि रक्षा गर्दै टी–ट्वेन्टी आई एसिया कपमा स्थान बनाउन चुनौती भएको छ। नेपालले आज पहिलो खेल मलेसियासँग खेल्ने भएको छ। खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे ओमानको टर्फ मैदान सुरु हुनेछ। नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।