कराँते प्रतियोगितामा कर्णालीलाई दुई स्वर्ण, तीन रजत र चार कास्य ।

 पूर्णसिंह बम
कालिकोट। काठमान्डौको चन्दागीरीमा सम्पन्न नवौं धनबहादुर स्मृति राष्ट्रिय अफिसियल कराँते प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी खेलाडीहरुले दुई स्वर्ण तीन रजत र चार कास्य प्राप्त गरि जम्मा ९ पदक दिलाउन सफल भएका छन्। पहिलो स्वर्ण ३० पन तौल समुहमा आयुश अधिकारी दोस्रो स्वर्णमा ४५ पन समुहमा प्रेयङ्का शाहीले स्वर्ण दिलाउन सफल भएकी हुन् भने प्रियंका शाही, लक्ष्मण कुमार शाही र ममता नेपाली सहितले रजत दिलाएका हुन् । त्यसैगरी कास्य दिलाउनमा ज्ञानेन्द्र सुनार, अशोक बिक, चेतराज सिंह र पार्वती बढुवाल रहेका छन् ।  कुशल प्रशिक्षक दिपक बिकको नेतृत्व हो भने ब्यवस्थापनमा सुरज नेपाली छन् । यशअधि भएको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर धनबहादुर स्मृति प्रतियोगितामा भाग लिएका हुन् ।

error: Content is protected !!