कालिकोट । प्रतिकूल मौसमका कारण आज हवाई उडान प्रभावित भएका छन् । काठमाण्डौमा दिउँसोपछि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।उहाँका अनुसार आन्तरिक उडानका केही जहाज डाइभर्टु भएका छन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाजले आकाशमा फन्को लगाउनुपरेको थियो । नेपालगञ्जबाट काठमाण्डौका लागि उडेको बुद्ध एअरको जहाज भैरहवा फर्किएको थियो भने काठमाण्डौबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्किएको छ ।