कालिकोट । सामाजिक सञ्जाल टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ ।१२ वर्षअघि बेइजिङमा स्थापना भएको बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । प्रतिवेदनमा ।कम्पनीको आम्दानी सन् २०२२ मा झण्डै २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा धेरै पुगेको र विक्री पनि ८० अर्ब डलरबाट बढेर एक खर्ब २० अर्ब डलर भएको उल्लेख छ ।कम्पनीले सन् २०१७ मा टिकटक शुरु गरेको थियो ।