पोखरामा बस दुर्घटना हुदा ८ जना घाइते

कालिकोट । काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका–२५ सुइखेतमा जादै गर्दा दुर्घटनामा परि ८ जना घाइते भएका छन्।आज बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बस सडक डिभाइडरमा ठोक्किएको हो।बसमा रहेका ३१ जना सवारलाई प्रहरीले उद्धार गरेको छ भने ८ जना घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको जनाईएको छ।

error: Content is protected !!