कालिकोट । चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ सार्वजनिक भएको छ । ६ वर्षपछि चिकित्सा आयोगको प्रतिवेदन २०७४ सार्वजनिक भएका हो । आज(बुधबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेपछि प्रतिवेदन सार्वजनिक गरिएको हो। मन्त्रालयका प्रवक्ता केशव प्रसाद दहालले तत्कालै उक्त प्रतिवेदनमा समावेश भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बद्ध सुझाव÷सिफारिस कार्यान्वयन प्रक्रियामा लैजाने जानकारी दिएका छन् ।