कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका–६ हाउडीमा वोलेरो जिव दुर्घटना हुदा २ जना घाइते भएका छन । बुधवार बिहान हाउडीबाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०२ ००१ त ०६३३ नम्वरको वोलेरो जिव ९ः३० वजे पातारखानी भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा सोही वडाका वर्ष ४० का देउरुपा शाही र वर्ष ३५ का मन्जु शाही घाइते भएका वडा सचिव जनक शाहीले वताएका छन् । यस विषयमा प्रहरी चौकी हाउडीलाई सम्पर्क गर्दा प्रहरी टोली घटना स्थल तर्फ गइरहेको र त्यहाँ पुगे पछी घटनाको थप विवरणआउने बताइएको छ ।