कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले आज शपथ गर्दै

कालिकोट । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। आज मुख्यमन्त्रीले मात्र शपथ लिने र मन्त्रिपरिषद विस्तार नहुने एमाले कर्णालीका प्रमुख सचेतक टेकराज पछाइले जानकारी दिएका छन्। माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियाले एमाले र माओवादीबीच मन्त्रालय भागबण्डा टुंगो लागेको दाबी गर्दै आज माओवादी संसदीय दलको बैठक बसेर मन्त्री पठाउने टुंगो लाग्ने बताएका छन् ।

error: Content is protected !!