लाइफलाइन अस्पताल दमकमा आगलागी

कालिकोट । झापा दमकस्थित लाइफलाइन अस्पताल नजिकै हिजो राति आगलागी हुँदा करीव दुई करोड बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको एक स्थानियको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिंदा उक्त क्षति भएको हो । प्रहरी कार्यालय झापाका अनुसार घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलिंदा अस्पतालका उपकरण सहीत अन्य सामाग्री जलेर नष्ट भएका छन् । अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले आगोले जलेर डाइलिसिस मेसिन कामनलाग्ने अवस्थामा पुगेको र अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताए । दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । लामखुट्टे भगाउन बालिएको अण्डाको ‘क्यारेट’बाट आगो सल्किएको स्थानीयले बताएका छन् ।

error: Content is protected !!