कालिकोट । नेकपा एमाले कालिकोटको आयोजनामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । मंगलवार तत्कालै सम्पन्न नेकपा एमाले कालिकोटको ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिलेको पहिलो वैठकले गरेका विभिन्न निर्णय सार्वजनिक गर्न पहिलो वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न एमाले पत्रकार सम्मेलन आयोजना गरेको हो ।
नवनिर्वाचित अध्यक्ष तुलराज मल्लको अध्यक्षता साथै सचिव पुष्पराज आचार्य, उपाध्यक्ष टेकबहादुर बुढा, उपसचिव पवित्रकुमार शाही, तारा शाही, लेखा कमिटि अध्यक्ष जलशा बुढा, नि वर्तमान अध्यक्ष जसीप्रसाद पाण्डे जिल्ला स्थित सम्पुर्ण पत्रकारको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरीएको थियो । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उठेका विभिन्न विषयमा पार्टी सचिव आचार्य, अध्यक्ष मल्ल र नि वर्तमान अध्यक्ष जसीप्रसाद पाण्डेले जवाफ दिएका थिए ।