जुम्लामा जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा

कालिकोट । जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका छन् । विद्युत् उत्पादनका निम्ति जलप्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द हुँदा त्यहाँका स्थानिय समस्यामा परेका हुन् ।भत्केको नहर मर्मत गर्न ६ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिएका छन्। विद्युत् अवरुद्ध हुँदा पालिकाका(४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ।डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट तीन लाख बजेट विनियोजन भएको छ।

error: Content is protected !!