कालिकोट । उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको बताईएको छ।त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका उम्मेदवार हरुलाई बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ ।उपनिर्वाचन हुने इलाम(२ मा २० र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन्।२०८१ वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ।