पचालझरना गाउँपालिका र भरतपुर महानगरपालिका बीच भगिनी सम्वन्ध कायम

कालिकोट । कालिकोटका जिल्लाको पचालझरना गाउँपालिका र भरतपुर महानगरपालिका बीचमा भगिनी सम्वन्ध स्थापित भएको छ । भरतपुर महानगरपालिको सभाहलमा सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेणु दाहाल र पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही (अग्नी),उपाध्यक्ष अल्कीना वम(बविता)ले समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्वन्ध कायम गरेका हुन् ।

गाउँपालिकाको विकासमा साझेदारी गर्ने सकरात्मक सोच र उदेश्यका साथ भगिनी सम्बन्ध कायम गरिएको गाउँपालिका अध्यक्ष देवराज शाही (अग्नी)ले बताए । साथै साझा समस्याको समाधान एकीकृत ढंगले गर्न भगिनी सम्वन्धले थप बल प्रदान गर्ने उनि बताउछन् । उपाध्यक्ष अल्कीना वम(बविता)ले ठूला स्रोत र साधन भएका पालिकाहरुले कमजोर पालिकाहरुका जनताको जीवनस्तर उकास्न सहयोग गर्नुपर्ने बताइन् । पछील्लो समय देशका विभिन्न पालिकाहरुसँग भरतपुरमहानगरले भगिनी सम्वन्ध स्थापित गर्दै आइरहेको छ ।

यस्तै आजै पचालझरना गाउँपालिकाले हेटौंडा उपमहानगरपालिका संग पनि भगिनी सम्बन्ध कायम गरेको छ ।

error: Content is protected !!