कोशी प्रदेशमा माओवादीका मन्त्रीले दिए राजीनामा

कालिकोट । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन्।संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको निर्णय गरेपछि मन्त्रीहरुले आज मुख्‍यमन्त्री केदार कार्कीसमक्ष राजीनामा दिएका बताईएको छ।कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती थिए।

error: Content is protected !!