जनकपुरमा छुरा प्रहारबाट एक जनाको मृत्यु

कालिकोट । जनकपुरमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। आज दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताएका छन्।प्रवक्ता अवाका अनुसार विश्वकर्मा चोकमा तीनचार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ३ भटौलीया निवासी प्रिन्समाथि छुरा प्रहार भएको थियो।गाउँको सम्पती बेचेर उनको परिवार जनकपुर बस्दै आएको थियो। बुवा जमाहिर लाल महासेठको कोरोना कालमा मृत्यु पश्चात आमाले फलफूल व्यवसाय गरी बालबच्चाको पालन पोषण गर्दै आएकी थिइन।प्रिन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताएका छन्। स्थानीयका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते प्रिन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएका थिए।सोही अवस्थामा स्थानीय र प्रहरीले प्रिन्सलाइ उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाममा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

error: Content is protected !!