मोजाम्बिकको उत्तरी तटमा डुंगा दुर्घटना हुदा ९० जनाको ज्यान गयो

कालिकोट । मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको ज्यान गएको छ। डुंगामा सवार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ।नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणको डुंगा दुर्घटनामा मृत्यु भएको बताईएको छ । मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन्।यात्रु बोक्न योग्य नरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान गरिएको छ।

error: Content is protected !!