दिनहुँ जसो आँखाका विरामी बढ्दै

कालिकोट ।देशका विभिन्न ठाउँमा दिनहुँ जसो आँखाका विरामी बढ्दै गएको पाइएको छ। कोरोनाको कहरपछि बालबालिकामा समेत आँखासम्बन्धी रोग बढ्दै गएको तथ्यांक बाहिरिएको बताईएको छ ।नेपाल आँखा अस्पतालले आइतवार पत्रकार सम्मेलन गरेर देशमा दिन प्रतिदिन आँखाका विरामी बढ्दै गएकाले आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ।पत्रकार सम्मेलनमा अस्पतालका सचिव यज्ञध्वज सापकोटाले आर्थिक वर्ष ०८१.८२ को ८ महिनामा अस्पतालमा आँखाका विरामी बढ्दै गएको बताएका छन्। उनले यो अवधिमा अस्पतालले १ लाखभन्दा बढीको आँखा उपचार गरेको बताएका हुन्।उनले इमरजेन्सी सेवामार्फत २ हजार ७३५ जनाको आँखा उपचार गरेको बताए। उनले आँखाको रोग बाल्यकाल र वृद्ध उमेरमा बढी देखिने भए पनि कोभिड(१९ पछि बालबालिकामा बढी देखिएको बताएका छन्।उनले अस्पतालले १६ वर्ष उमेर पुगेकाभन्दा मुनिको उमेर समूहका १५ हजारभन्दा बढी बालबालिकाको ८ महिनामा उपचार गरेको बताएका छन्।

error: Content is protected !!