महावै गाउँपालिकामा यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि क्षमता विकास तालिम संचालन

कालिकोट– जिल्लाको महावै गाउँपालिकामा विद्यालयका शिक्षक–शिक्षिकाहरुका लागी यौन तथा प्रजनन् स्वास्थ्य समबन्धी क्षमता विकासको तालिम संचालन भएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर आईतवारबाट महावै गाउँपालिका र ईकोहिमाल नेपालको सहकार्यमा तिन दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि क्षमता विकासकालागि तालिम सुरु गरीएको छ । महावै गाउँपालिका–७ का वडा अध्यक्ष नन्दकीश्वर चौलागाईको सभाअध्यक्षता महीला सदस्य रेशमा रोकायाको प्रमुख आतिथ्यता, तथा प्रशिक्षक अनुप अधिकारी, ईकोहिमाल नेपालका कार्यक्रम अधिकृत भक्त बहादुर शाही, कृषि प्राविधिक चन्द्र प्रसाद अधिकारी, निमर्ला कुमारी वटाला, एस एम जितेन्द्र शाही लगाएतको उपस्थितिमा तालिमको उद्घाटन गरीएको हो । उमेर अनुसारको वृहत यौनिकता शिक्षा, महिनावारीका बेलाको स्वच्छता व्यवस्थापन लगायत यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले तालिममा आयोजना गरीएको बताइएको छ । तालिममा महावै गाउँपालिकामा ८ वटा विद्यालयका १६ जना शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको छ । शिक्षक–शिक्षिकाहरुलाई तालिम दिनुले विद्यालय उमेरका किशोर किशोरहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि क्षमता विकास हुनुका साथै समाजमा यौन तथा प्रजनन् स्वास्थ्य समवन्धि समस्याहरुलाई न्यूनिकरण गर्ने उद्धेश्यका साथ कार्यक्रम संचालन गरिएको कार्यक्रम अधिकृत शाहीले बताएका छन् । यस्ता कार्यक्रम गर्नुको मुख्य उदेश्य समाजमा चल्दै आएको कुरिति र कु प्रथाको अन्त्य गर्नु रहेको कार्यक्रम अधिकृत शाही बताउछन् ।

error: Content is protected !!