एमाले कालिकोटको अध्यक्षमा तुलाराज मल्लको प्यानल नै विजयी

कालिकोट । गएको चैत्र २१ गतेबाट सुरु भएको नेकपा एमाले कालिकोट जिल्लाको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा तुलाराज मल्ल विजयी भएका छन् । उनका प्रतिस्पर्धी दयाराम सिम्खाडालाई ३२ मतले पछि पार्दै मल्ल अध्यक्षमा निर्वाचित भएका हुन् । पदाधिकारीमा मल्लको प्यानल नै विजयी भएको छ । जम्मा खसेको ४२४ मतसंख्यामा मल्लले २ सय १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सिम्खाडाले १ सय ८६ मत ल्याएका छन् । उपाध्यक्षमा २ सय १० मत प्राप्त गर्दै टेक बहादुर बुढा विजयी भएका छन् । उनका प्रतिस्पर्धी कमल कुमार शाहीले १ सय ७२ मत प्राप्त गरे । सचिवमा २ सय १२ मतका साथ पुष्पराज आचार्य विजयी भएका छन् भने उनका प्रतिस्पर्धी खडानन्द चौलागाईले १ सय ५८ मत प्राप्त गरेका छन् । उपसचिव (खुल्लामा) पवित्र शाही १ सय ६८ मतका साथ विजयी भएका छन् भने महिला उपसचिवमा तारा कुमारी शाहीले २ सय १२ मतका साथ विजयी भएकी छन् ।

error: Content is protected !!