कालिकोट– जिल्लाको खाँडाचक्र नगरपालिकामा विद्यालयका शिक्षक–शिक्षिकाहरुका लागी यौन तथा प्रजनन् स्वास्थ्य समबन्धी क्षमता विकासको तालिम दिईएको छ । खाँडाचक्र नगरपालिका र ईकोहिमाल नेपालको सहकार्यमा तिन दिनसम्म यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि क्षमता विकासकालागि तालिम दिइएको हो ।
खाँडाचक्र नगरपालिका न्यायीक समिति सदस्य विनोद चौलागाईको सभाअध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष देउराम कामीको प्रमुख आतिथ्यता, तथा प्रशिक्षक अनुप अधिकारी, ईकोहिमाल नेपालका कार्यक्रम अधिकृत भक्त बहादुर शाही, दिपिल वली,एस एम मन्जना शाही लगाएतको उपस्थितिमा तालिम सम्पन्न भएको छ । उमेर अनुसारको वृहत यौनिकता शिक्षा, महिनावारीका बेलाको स्वच्छता व्यवस्थापन लगायत यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले तालिममा आयोजना गरीएको बताइएको छ ।
तालिममा खाँडाचक्र नगरपालिकाका १६ वटा विद्यालयका ३२ जना शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको थियो । शिक्षक–शिक्षिकाहरुलाई तालिम दिनुले विद्यालय उमेरका किशोर किशोरहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि क्षमता विकास हुनुका साथै समाजमा यौन तथा प्रजनन् स्वास्थ्य समवन्धि समस्याहरुलाई न्यूनिकरण गर्ने उद्धेश्यका साथ कार्यक्रम संचालन गरिएको कार्यक्रम अधिकृत शाहीले बताएका छन् ।
तालिममा सहभागी शिक्षक–शिक्षिकाहरुले आफुहरुले सिकेको कुरा व्यवहारमा लागु गरी विद्यार्थीहरुलाई त्यसै अनुरुपको शिक्षा दिने बताएका छन् ।