चेन्नईमाथि सनराइजर्स हैदराबादको जित

कालिकोट । इण्डियन प्रियिमर लिगमा सनराइजर्स हैदराबादले घरेलु मैदानमा चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित हासिल गरेको छ ।चेन्नईले प्रस्तुत गरेको १६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो। हैदराबादका लागि ऐडन मारक्रमले सर्वाधिक ५० रनको योगदान दिए। उनले ३६ बलमा ४ चौका र एक छक्का हिर्काए।जितपछि ४ खेलबाट ४ अंक बटुल्दै हैदराबाद पाँचौँ स्थानमा छ। आईपीएलको यो सिजनमा हैदराबादको यो दोस्रो जीत हो। समान अंक भए पनि नेट रनरेटका आधारमा चेन्नई तेस्रो स्थानमा छ ।

error: Content is protected !!